+
+

मनोज गजुरेल दोस्रो विवाहको तयारीमा 

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते ९:३६

२२ मंसिर काठमाडौं । वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलका प्रशंसक र शुभचिन्तकहरुका लागि खुशीको खबर छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् ।

गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन ।

उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा भने उनले निकै कमलाई बताएका छन् ।

‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु, गजुरेलले अनलाइनखबरसँग भने, ‘अहिले यत्ति भनौं, अरू कुरा पछि थाहा भइहाल्छ ।’

गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।

मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् ।

गजुरेल हालै कोरोना संक्रमणमुक्त भएका छन् । अक्सिजन लेभल कम भएपछि उनले केही दिन अस्पतालको आइसीयूमा बस्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?