Comments Add Comment

नारायणी र राप्ती एक खेलअघि नै फाइनलमा

२८ मंसिर, चितवन । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती चितवनमा भइरहेको गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेल हार्दै फाइनल पुग्न असफल भएको छ ।

आइतबार भएको प्रतियोगिताको दोस्रो खेलमा विनोद भण्डारीको कप्तानीमा रहेको राप्तीसँग ११ रनले पराजित भएपछि बागमती लिगबाटै बाहिरिएको हो । शनिबार भएको पहिलो खेलमा बागमती सुवास खकुरेलको कप्तानीमा रहेको नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो ।

बागमती बाहिरिएपछि नारायणी र राप्ती लिगको अन्तिम खेल खेल्नुअघि नै फाइनल पुगेका छन् ।

चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान छेउमा रहेको नमुना मैदान भएको खेलमा राप्तीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ११८ रनमा अलआउट भएपछि लगातार दोस्रो हार बेहोर्न बाध्य भयो ।

बागमतीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । उनले २८ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै विकेटकिपर अनिल शाहले २२ रन जोडे ।

राप्तीलाई जित दिलाउन जितेन्द्र मुखिया, कमल सिंह बसन्त कार्की र अभिनाश बोहराले समान २ विकेट लिए । २ ओभरमा १२ रन मात्र खर्चिएका अभिनाश खेलको म्यान अफ दि म्याच घोषित भए । यस्तै जितेन्द्रले ३.४ ओभरमा ११ रन खर्चिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले १२९ रनको मध्ययम स्कोर बनाएको थियो । राप्तीका लागि ओपर अमित श्रेष्ठले सरवाधिक २६ रन बनाए । यस्तै शरद भेषावकर र कप्तान विनोद भण्डारीले समान २१ रन जोडे जोडे भने कमल सिंहले १६ र लोकेश बमले १५ रन योगदान गरे ।

बागमतीका लागि बलिङमा सोमपाल कामी, सागर ढकाल र रासखि खानले २-२ विकेट लिए भने विक्रम सोब र ललित राजवंशीले समान १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत लिगको अन्तिम खेलमा सोमबार नारायणी र राप्तीबीचको खेल हुनेछ । यही दुई टिम मंगलबार फाइनलमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment