
२९ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले छिमेक पहिलो (नेबरहुड फस्ट) नीति अन्तर्गत नयाँ एप्रोचको परिकल्पना गरेको बताएका छन् ।
दोस्रो मनोहर परिकर मेमोरियल लेक्चरलाई सम्बोधन गर्दै उनले सन् २०१४ देखि भारतको विदेश नीतिमा धेरै अवधारणगत परिवर्तनहरु आएको बताएका छन् ।
छिमेक नीतिका सम्बन्धमा उनले भनेका छन,‘हामीले नेवरहुड फस्ट नीति अन्तर्गत छिमेकीप्रति उदार र नन–रेसिप्रोकल संलग्नताको परिकल्पना गर्यौं, जुन संलग्नता कनेक्टीभिटी,सम्पर्क र सहकार्यमा केन्द्रित रहेको छ ।’
भारतीय विदेशमन्त्रीले छिमेका भारतको बढ्दो महत्वले क्षेत्रीयतालाई अझ बलियो बनाउने समेत बताएका छन् । उनले सो सम्बन्ध पारस्परिक संवेदनशीलता र एक अर्काको चासोप्रति पारस्परिक सम्मान हुने बताएका छन् ।
भारतीय विदेशमन्त्रीले छिमेकमा कुनै मानवीय समस्या आउँदा भारत पहिला पुग्ने गरेको भन्दै सन् २०१५ को भूकम्पको सन्दर्भ उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4