+
+

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार्य : निधि

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १६:२५

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार्य भएको बताएका छन् ।

सरकारले मंगलबार मात्र बहुमत सदस्यको उपस्थितिमै परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

प्रमुख विपक्षी कांग्रेसले यसको विरोध गरेको छ । कांग्रेस उपसभापति निधिले राजनीतिक दलहरुसँग परार्मश नगरी अचानक आएको अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी कदम भएको बताए ।

‘सरकारले यसअघि पनि दल विभाजनलाई सहज बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसबेला हाम्रो केन्द्रीय कार्यसमितिले विरोध गरेको छ’ उनले भने, ‘यो पूर्ववत निर्णय कायमै छ ।’

संवैधानिक परिषदमा सामान्य बहुमतले निर्णय गर्न खोज्नु संविधानको मर्म विपरीत भएको उनले बताए । ‘सभामुखले पुस १८ अगाडि संसद बोलाउनुपर्छ भनिरहेका बेला सामान्य बहुमतबाट निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याउनु भनेको एकलौटी गर्न खोजेको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?