
३० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई सीटी स्क्यान मेसिन खरिदका लागि अनुदान दिने भएको छ ।
अस्पतालमा अत्याधुनिक सीटी स्क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिने सम्बन्धमा मंगलबार सम्झौता भएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा मेयर विद्यासुन्दर शाक्य र अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार महानगरपालिकाले ७ करोड ५० लाख रुपैयाँ बराबरका १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्न सहयोग गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4