
ओएसआर डिजिटल प्रालीको प्रोडक्सनमा तयार भएको गीत ‘भन्दे’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक प्रकाश ओझाको स्वर छ । लामो समयदेखि नेपाली गीतसंगीतबाट टाढा रहेका प्रकाश यही गीतबाट संगीत क्षेत्रमा कमब्याक गर्दैछन् ।
गीतमा प्रकाशकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा मुकुन भुषाल, रविन्द्र झासँगै पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजालको अभिनय छ । बसन्त निरौलाले निर्देशन गरेको भिडियोमा सुदिप बरालको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4