Comments Add Comment

संसद विघटनको सिफारिस संविधान विपरीत : गगन थापा

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् ।

संविधानले संसद ५ वर्षसम्म रहन्छ भन्ने परिकल्पना गरेको भन्दै थापाले भने, ‘जुन तरिकाले संसद विघटन सिफारिस भएको छ, जालझेल, राष्ट्रपतिको दुरुपयोग भएको छ । संविधान बनाउँदै गर्दा यस्ता जालझेल रोकिन्छ र संसद विघटन गर्न दिइन्नँ भनेर बनाएको हो । त्यसैले यो प्रथम दृष्टिकै संविधानसम्मत छैन ।’

यद्यपि यसको परीक्षण गर्ने आफ्नो विधि (अदालत) रहेको र त्यसले परीक्षण गर्ने उनले बताए ।

परीक्षणले जे निर्णय दिएपनि नेकपा पाएको जनमतको वैधता भने सकिने उनले बताए । ‘३ वर्ष अगाडि नागरिकले जुन प्रचण्ड बहुमत दिएका थिए, त्यसको वैधता सकियो । यदि यो संसद रह्यो भने पनि नेकपाको बहुमत प्राविधिक मात्र हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment