Comments Add Comment

गौतमबुद्ध विमानस्थलमा एडीबीले दियो थप पौने १८ अर्ब ऋण

८ पुस, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गत विमानस्थल क्षमता अभिवृद्धि परियोजनामा यो रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपालका लागि अफिसर इन्चार्ज रुडी लुसी डेन्डरिक्स भान डेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा नदी र बाढीजन्य प्रकोप नियन्त्रण परियोजनाका लागि समेत एडिबीबाट ४ करोड अमेरिकी डलर (पौने ५ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण र १ करोड अमेरिकी डलर -१ अर्ब १८ करोड रुपैयाँ) बराबरको अनुदानका लागि सम्झौता भएको छ ।

अर्थ मन्त्रालयका अनुसार गौतमबुद्ध विमानस्थलका लागि प्राप्त हुने यो रकम विमानस्थलको क्षमता अभिवृद्धिमा खर्च हुने छ । जसमा दोस्रो टर्मिनल विल्डिङ निर्माणको काम पर्छ ।

समानान्तर ट्याक्सी वे निर्माण, जहाजहरु राख्ने हृयांगर निर्माणमा खर्च हुने भएको छ । नदि र बाढीजन्य जोखिम नियन्त्रण परियोजनाका लागि आएको रकम भने बाढी नियन्त्रणका लागि आवश्यक संरचना निर्माण, बाढीको पूर्वसूचना दिने संयन्त्र निर्माण र क्षति नियन्त्रणमा खर्च गरिने भएको छ । यो ऋण सम्झौतामा हस्ताक्षर भएको ९० दिन भित्र कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment