+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

५४ प्रबुद्ध नागरिकको वक्तव्य–संसद विघटन गैरसंवैधानिक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १९:४६

८ पुस, काठमाडौं । विभिन्न क्षेत्रका ५४ जना प्रबुद्ध नागरिकहरुले संसद विघटनको कदमलाई अत्यन्तै प्रतिगामी र गैरसंवैधानिक कदम भनेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रबुद्ध नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलीभगतमा गरिएको संसद विघटनको भर्त्सना समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको छ । जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सीमित उपलब्धी पनि गुम्ने खतरा टड्कारो देखिएको छ । त्यसैले कोर्स करेक्सन गर्दै यो प्रतिगामी कदम तुरुन्त बदर गर्न हामी जोडदार माग पनि गर्दछौं ।’

लामो संघर्षपछि प्राप्त नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको मूल्य मान्यतामा संविधानको प्रतिपालन र रक्षा गर्नुपर्नेहरुबाटै प्रहार भएको भन्दै उनीहरुले आन्दोलित हुनुपर्ने अवस्था आएको बताएका छन् । कुनै राजनीतिक दलको आन्तरिक खिचातानी वा शक्ति संघर्षप्रति आफूहरुको प्रत्यक्ष चासो नरहेको उनीहरुको भनाइ छ ।

कोरोना महामारीविरुद्ध एकजुट हुनुपर्ने बेला प्रधानमन्त्री ओलीले चालेको गैरसंवैधानिक कदम भत्सर्ना योग्य मात्र होइन, अमानवीय पनि रहेको उनीहरुले बताएका छन् ।

समग्र नेपाली जनताको हित र अधिकारको रक्षाको निम्ति, प्रतिगामी संवैधानिक ‘कू’ विरुद्ध सशक्त प्रतिवाद गर्नु सबै सचेत न्यायप्रेमी नागरिक, कवि, लेखक, पत्रकार, पेशाकर्मी, बौद्धिक लगायतको कर्तव्य भएको भन्दै उनीहरुले सशक्त प्रतिरोधमा उत्रन सबैसँग आग्रह समेत गरेका छन् ।

बुधबार बसेको प्रबुद्ध नागरिकको भेलाले ‘वृहत् नागरिक आन्दोलन’ नामाकरण गर्दै लोकतन्त्र, नागरिक अधिकार, सामाजिक न्याय, समानतामा विश्वास गर्ने सबै तह, तप्का तथा समुदायका नागरिकलाई आह्वान गर्दै हातेमालो गर्ने निर्णय गरेको भेलाका संयोजनकर्ता एवं लेखक युग पाठकले जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनको यो ताजा प्रपञ्चसम्म पुर्‍याउन र आमजनतालाई निराशामा धकेल्नमा दलहरुको समेत भूमिका रहेको निस्कर्ष निकाल्दै दलहरुलाई जनताप्रति जिम्मेवार भएको प्रतिबद्धता जाहेर गर्दै प्रतिगमनको कडा प्रतिवादमा उत्रन पनि यो आन्दोलन आह्वान गर्दछ ।’

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?