+
+

गेम अफ थ्रोन्स बनाउने चिनियाँ अर्बपतिको विष दिएर हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १३:०२

१३ पुस, काठमाडौं । चिनियाँ गेम निर्माता लिन छिलाई विष दिएर हत्या गरिएको छ । चीनको सांघाइ प्रहरीले दिएको जानकारीअनुसार क्रिसमसको दिन उनको मृत्यु भएको थियो । लिन गेम निर्माता यूजूका अध्यक्ष तथा सीईओ थिए । उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्र्याटेजी गेम निर्माताको रुपमा चिनिन्थ्यो ।

सांघाइ प्रहरीका अनुसार उनका एक मुख्य सहयोगी मुख्य आरोपी हुन् । यद्यपि प्रहरीले उनको नाम उल्लेख गरेको छैन । आरोपीको थर भने सु रहेको प्रहरीले बताएको छ । लिनको सम्पत्ति एक अर्ब ३० करोड डलर रहेको छ । शुक्रबार यूजूका वर्तमान तथा पूर्ण कर्मचारीहरुले भेला भएर लिनलाई श्रद्धाञ्जली दिएका थिए ।

गेम अफ थ्रोन्सका साथै यूजू कम्पनीले ब्रल स्टारजस्ता धेरै सुपर हिट गेम बनाएको छ । लिनले सन् २००९ मा यूजू स्थापना गरेका थिए । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार लिनलाई विष दिने व्यक्त सु याहो हुन सक्छन् । उनी यूजूको मुभी प्रडक्सन शाखाको प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?