Comments Add Comment

राष्ट्रिय महिला क्रिकेटमा एपीएफ समूह विजेता

१३ पुस, दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ ए ’को विजेता बनेको छ । यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको एपीएफ समूहको सबै तीन खेल जित्दै समूह विजेताको हैसियतले सेमिफाइनल पुगेको छ ।

समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो भने पराजित लुम्बिनी समूहको उप-विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता सँग खेल्नेछ भने लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग पुस १८ गते खेल्नेछ ।

लमही क्रिकेट मैदमनमा एपीएफले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई कम स्कोरमा रोक्न बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १-१ विकेट लिए ।

त्यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभर खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । एपीएफका लागि ओपनरद्वय ज्योती पाण्डे र राजमति ऐरीले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

राजमति ११ रन बनाएर आउट भएपछि ज्योतीले दोस्रो विकेटका लागि इन्दुर बर्मासंग अर्धशतकिय साझेदारी गरिन् । यी दुईले ६२ रन जोडे ।

अर्धशतक बनाउन बाट १ रनले चुकेकी ज्योतीले एपीएफका लागि सर्वाधिक ४९ रन बनाए । उनले ५४ बल खेल्दै १ चौका प्रहार गरिन् । इन्दुले २८ रन योगदान गरिन् । सरीता मगर १० रनमा अविजित रहिन् । ममता चौधरीले ४ रन बनाइन् ।

बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन। भने कृतिका मरासैनी र सरस्वती पुनले समान १ विकेट लिइन् ।

अब प्रतियोगितामा मंगलबारदेखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछन् । जसअन्तर्गत दिनको पहिलो खेलमा सुदूर पश्चिमले गण्डकी प्रदेशसंग र दोस्रो खेलमा बागमतीले प्रदेश १ सँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment