+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेकपा विवादको असर खेलकुदमा पनि, राखेप बोर्ड सदस्य केसीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १५:५९

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको असर खेलकुद क्षेत्रमा पनि देखिन थालेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य अर्जुन केसीले आफ्नो पदबाट राजीनामा दिएसँगै नेकपाभित्रको विवाद खेलकुद क्षेत्रमा पनि परेको देखिएको हो । केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेको कदम गलत भएको उल्लेख गर्दै पदबाट राजीनामा दिएका छन् ।

उनले राखेपका अध्यक्ष समेत रहने युवा तथा खेलकुद मन्त्रीलाई सम्बोधन गर्दै सोमबार राजीनामा पत्र बुझाएका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट लागू भएपछि गठन भएको राखेप बोर्डमा केसी नेकपाबाट सदस्यमा नियुक्त भएका थिए ।

तर राजनीतिक प्रभाव खेलकुदमा पर्दा राखेपको बोर्डले पूर्णता नपाउँदै केसीले राजीनामा दिएका छन् ।

‘नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानलाई समेत असफल पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमविरुद्ध सिंगो देश आन्दोलनमा रहेका बेला अवैधानिक सत्ताको पक्षमा रहेर उसका हत्कण्डाको रमिते बन्नु उचित रहेन,’ केसीले राजीनामामा लेखेका छन्, ‘अत: राष्ट्रिय खेलकुद परिषदमा सदस्यको रूपमा मेरो दोस्रो कार्यकाल यहीँ पूर्णविराम लगाई आफूलाई देश र जनताको आन्दोलनमा समर्पण गर्दै आजैको मितिदेखि लागू हुनगरी पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले केही दिनअघि जगत बहादुर सुनार विश्वकर्मालाई खेलकुद मन्त्रीबाट हटाउँदै दावा तामाङ लामालाई नयाँ खेलकुद मन्त्री बनाएपछि खेलकुदमा पनि नेकपाको दुई धार देखिन थालेको छ ।

अर्जुन केसी प्रचण्ड-माधव समूहलाई समर्थन गर्दै राखेपबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?