
१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सिख्राकारले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै मंगलबार राजीनामा पत्र बुझाएका जानकारी गराएका छन् ।
सिख्राकारले रेफ्रीको प्रोत्साहनका लागि पहलकदमी नभएको, उत्कृष्ट र सिनियर रेफ्रीहरुलाई अपमान ढंगले पाखा लगाउने कार्य भएको र सल्लाह बिना एकलौटी निर्णय भएको भन्दै राजीनामा बुझाएको उल्लेख गरेका छन् ।
एन्फा अन्तर्गत ५ सदस्यीय रेफ्री कमिटिको संयोजकमा रवीन्द्रनाथ श्रेष्ठ संयोजक छन् भने सिख्राकारसहित बुद्धिबहादुर गुरुङ, बलराम थापा, गजेन्द्रमान सिंह सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4