+
+

स्याङ्जाकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १८:४९

१९ पुस,काठमाडाैं । कास्कीको पोखरामा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका-७ की ८२ वर्षीया महिलाको पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा शनिबार राति पाैने ८ बजे मृत्यु भएको हो । उनीमा पुस १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?