
२१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद जीवित रहेको बताएका छन् । जसपाद्वारा सोमबार नयाँबानेश्वरमा आयोजित ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा जीवित रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संसद जीवत रहेको यादवको भनाइ छ । कार्यक्रममा उनले भने, ‘असंवैधानिक तरिकाले संसद विघटन हुँदैन, प्रतिनिधिसभा जिउँदै छ ।’
संविधानले संसदलाई विशेषाधिकार दिएकाले संसद आफैं सक्रिय हुनुपर्नेमा यादवको जोड थियो ।
संसद पुनर्स्थापनाको माग राखेर दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जसपाले पहिलो दिन काठमाडौं अन्तरक्रिया आयोजना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4