+
+

चितवनमा प्रधानमन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते ९:४६

२३ पुस, चितवन । नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेकपाको ओली इतरसमूहका साथै अन्य राजनीतिक दलहरु पनि विरोधमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?