
२७ पुस, कैलाली । कैलालीमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उप-महानगरपालिकाको ३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार राती उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
उनी एक साता पहिले अस्पताल भर्ना भएका थिए ।
योसँगै सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4