
२८ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । एमडी/एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यसैगरी एमडी/एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।
एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएन/एमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजी/बायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।
एमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4