+
+

आईएमई लाइफका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १६:४६

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०७६/७७मा बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका शाखा तथा उपशाखा कार्यालयहरुमा आवद्ध रही उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु तथा बाग्मती प्रदेशबाट एमडीअरटी -२०२१ मा योग्य हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

राजधानीको वाल्नट बैङ्कैटमा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ३०० भन्दा बढी आईएमई लिडरहरुको उपस्थिति रहेको थियो ।

उपत्यकाका प्रत्येक शाखा तथा उपशाखाबाट टिम व्यवसायको आधारमा प्रथम, द्धितीय र तृतीय तथा आफ्नो अभिकर्ता कोडबाट प्रथम, द्धितिय र तृतिय भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

उपत्यकाबाट एमडीअरटी -२०२१ मा योग्य हुन सफल अभिकर्ताहरुलाई आईएमई लाइफकी ब्राण्ड एम्वेसेडर मनिषा कोइरालाले सम्मान गरिन् । आईएमई लिडर सम्मान कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?