+
+

गजराज फुटबल प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १९:४०

५ माघ, काठमाडौं । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको पहिलो दिन सोमबार टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोखा भुतखेलस्थित मैदानमा भएको खेलमा वडा नम्वर ६ का कृष्ण गुरुङले गोल गर्दा वडा नम्वर ७ का समीर गुरुङले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । समीरले नै पेनाल्टी चुकाउँदा वडा नम्वर ७ जितबाट वञ्चित बन्यो ।

प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता जनाएको छ । प्रतियोगिता १३ माघसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसअघि प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा टोखाका सबै ११ वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?