+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत चिकित्सक कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते २०:१६

६ माघ, काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डा. सविन भण्डारीमाथि कुटपिट भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथि हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए । दासले भने, ‘मिस कम्युनिकेसनका कारण यहाँ ठूलो हातपात भयो ।’

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ती बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा राखेर उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकापछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. दास बताउँछन् । उनका अनुसार ती बिरामीको अवस्था भर्ना गर्दा नै नाजुक थियो ।

‘बुटवलमा गरिएको पीसीआर नेगेटिभ देखाएको रिपोर्ट हेरेपछि हामीले इन्फ्लुएञ्जाको मात्रै शंका गरेर परीक्षण गर्न टेकु पठाएका थियौं,’ डा. दासले भने, ‘टेकुमा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गरेछ, त्यो बेला पीसीआर पोजेटिभ आएको हामीलाई फोनमार्फत जानकारी आयो।’

पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारीपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको डा. दास बताउँछन् । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । डा. दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जाँदा ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै हातपात गरेको दास बताउँछन् ।

‘हामीले इन्फ्लुएञ्जाको मात्र रिपोर्ट दिएर किन पीसीआरको रिपोर्ट नदिएको भनेर ल्याबलाई प्रश्न गर्दा पीसीआर जाँचको शुल्क दिएको छैन भन्ने जानकारी आयो,’ डा. दासले भने, ‘तर मृतकका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरे।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?