Comments Add Comment

इरानद्वारा दुई सातामा पाँचौं सैन्य अभ्यास

७ माघ, काठमाडौं । इरानले पछिल्लो दुई सातामा आफ्नो पाँचौं सैन्य अभ्यास गरेको छ । मंगलबार इरानले दक्षिणी समुद्री क्षेत्रमा सैन्य अभ्यास गरेको हो । अमेरिकाले न्युक्लियर क्षमताको बी–५२ बमवर्षक मध्यपूर्वमा उडाएसँगै इरानले अर्को सैन्य अभ्यास गरेको हो । पछिल्लो समय इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ । यसैक्रममा इरानले निरन्तर आफ्नो सैन्य अभ्यास जारी राखेको छ ।

इरानी सेनाले सार्वजनिक गरेको भिडियोमा अहिले सयौं सैनिकहरु युद्धको लागि तयार अवस्थामा रहेको देखाइएको छ । इरानको सेनाले आफ्नो शक्ति र सामथ्र्यको माध्यमबाट मुलुकलाई बाहिरी आक्रमणबा बचाउन यो अभ्यास गरिएको बताएको छ ।

पछिल्लो समय अमेरिकाले पनि इरानको गतिविधिको निगरानी गर्न मध्यपूर्वमा आफ्नो विभिन्न विमानहरु पठाइरहेको छ । इरानका सैन्य जनरल कासिम सुलेमानीको गत वर्ष भएको हत्यापछि इरानले त्यसको बदला लिने भन्दै अमेरिकालाई चेतावनी दिँदै आएको छ । साथै इरानले आणविक कार्यक्रम पुनः सञ्चालन गरेको विषयमा अमेरिकाले पनि इरानलाई चेतावनी दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment