Comments Add Comment

नेपाली फुटबल टोली पोखरामा

८ माघ, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली फुटबल टोली पोखरा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजदेखि महिला राष्ट्रिय खेलहरु सुरु हुने भएपछि पुरुष फुटबल टोली केही दिनका लागि पोखरा गएको हो । त्यहाँ रहँदा टोलीले पोखरा रंगशालमा प्रशिक्षण गर्नेछ ।

सन् २०२२ को विश्वकप अन्तर्गत एसियाली छनोटको समूह बी मा रहेको नेपालले आगामी मार्चमा चाइनिज ताइपेई र अष्ट्रेलियासँग घरेलु मैदानमा खेल्दैछ । क्याम्पमा ४४ खेलाडी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment