+
+

ओलीको पतन निश्चित : राजेन्द्र महतो

‘जसपा नेता मेरो पार्टीमा आउँदैछ भनेर ओलीले भ्रम फैलाइरहेका छन्’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १२:२४

९ माघ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित रहेको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता महतोले केपी ओलीले हिटलर, निरंकुश र नश्लीय चरित्र देखाएकाले उनको पतन निश्चित रहेको बताए ।

लोकतन्त्रलाई धरापमा पार्दै प्रतिगमनतिर लम्केर नै ओलीले संसद बिघटन गरेको महतोको भनाइ छ । ‘प्रतिगमनकारीको पतन भएको छ र उनको पनि हुन्छ,’ महतोले भने, ‘तर पतन हुने बेलामा मेरो नाम लिएर बाँच्ने प्रयास गरिरहेका छन् ।’

महतोले पतन हुने बेला राजेन्द्र महतो मेरो पार्टीमा आइरहेको भनेर केही दिन बाँच्ने प्रयास गरेको बताए । ‘जनताले प्रतिगमनको साथ नदिएपछि जसपातिर जनलहर पैदा भएको छ । त्यसलाई रोक्न जसपा नेता मेरो पार्टीमा आउँदैछ भन्ने भ्रम फैलाउने र जनसैलाब रोक्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘तर यो सफल हुँदैन ।’

‘सर्वाेच्चको निर्णय मान्य हुन्छ’

नेता महतोले संसद बिघटनको विषयमा सवोच्च अदालतले गर्ने निर्णय मान्य हुने बताए । ‘संविधानको अन्तिम व्याख्या सर्वाेच्च अदालतले गर्छ,’ महतोले भने, ‘अदालतले जनतालाई न्याय दिन्छ भन्ने विश्वास छ ।’

यद्यपि सर्वाेच्चले संसद पुनर्स्थापना वा चुनावमा जाने जस्तोसुकै निर्णय गरेपनि देशमा स्थायी समाधान नआउने उनको भनाइ छ ।

शासकवर्ग औपनिवेशिक र नश्लयीय चिन्तनबाट ग्रसित रहेकाले संसद पुनर्स्थापनाबाट र चुनावबाट पनि देशमा स्थायी समाधान आउँदैन,’ उनले भने, ‘जबसम्म सबै नेपालीको संविधानप्रति अपनत्व कायम हुँदैन । तबसम्म स्थायी समाधान हुँदैन । यसका लागि राष्ट्रिय मुक्ति आन्दोलनले पूर्णता लिनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?