+
+

१४ गते १० बजे सुरु हुनेछ कोरोनाविरुद्ध खोप अभियान

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १४:०४

११ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।

आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।

मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गरे ।

भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप प्रदेश प्रदेशमा पठाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?