
११ माघ, काठमाडौं । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले बाग्लुङको बलेवामा नयाँ खेल जर्ब बल संचालनमा ल्याएको छ । बलेवामा कम्पनीले रिसोर्ट चलाइरहेको छ ।
रिर्सोट परिसरमै खेल सञ्चालनमा ल्याइएको हो । यसअघि यो खेल पोखरामा सञ्चालनमा रहेको छ । द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिन्छ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर खेलाइने क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
यस खेलका लागि सुरुवाती चरणमा प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क तोकिएको छ । ४ देखि ५ मिनेटसम्म जर्ब बलभित्र बसेर मज्जा लिन सकिने भएको छ । द क्लिफले कालीगण्डकी नदिको खोँचमा बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको पिङ र स्काई साइक्लीङ समेत निर्माण गरेको छ । यस क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थप्ने योजना रहेको कार्कीले बताए ।
प्रतिक्रिया 4