+
+

अस्ट्रेलियाका दुई राज्यले न्यु साउथ वेल्ससँगको सीमा प्रतिबन्ध हटाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १३:४१

१५ माघ, काठमाडौं । अस्ट्रेलियाका दुई राज्यले न्यु साउथ वेल्ससँगको सीमामा लगाइएको प्रतिबन्ध हटाउने भएका छन् । लगातार ११ औं दिनमा न्यु साउथ वेल्समा कोरोनाका कुनै पनि नयाँ संक्रमित फेला नपरेसँगै साउथ अस्ट्रेलिया र क्विन्सल्याण्डले सीमा खोल्ने निर्णय गरेका हुन् । साउथ अस्ट्रेलियाले आइतबारबाट न्यु साउथ वेल्समाथि लगाइएको प्रतिबन्ध हट्ने बताएको छ भने क्विन्सल्याण्डले सोमबारदेखि प्रतिबन्ध हटाउनेछ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्समा फैलिएको कोरोना संक्रमणको कारण यसअघि क्रिसमसको समयमा पनि न्यु साउथ वेल्समा समाजिक गतिविधिमा प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला न्यु साउथ वेल्सको राजधानी सिड्नीमा मात्र १८० संक्रमित फेला परेका थिए ।

अहिलेसम्म अस्ट्रेलियामा २२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ९०९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?