+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अवहेलना मुद्दाबारे पूर्वसभामुख ढुंगानाले भने : म्याद तामेल भएपछि जवाफ दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १८:०१

१५ माघ, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले म्याद तामेल भएपछि सर्वोच्च अदालतले माग गरेको लिखित जवाफ दिने बताएका छन् ।

अदालतको अवहेलनासम्बन्धी रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एक इजलासले बुधबार आफैं लिखित जवाफ पेश गर्न आदेश दिएलगत्तै पूर्वसभामुख ढुंगानाले अनलाइनखबरलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कानून बुझेको व्यक्तिको नाताले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको हुँ’ वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले भने, ‘म्याद तामेल भएपछि रिट निवेदन हेरेर जवाफ दिन्छु ।’

अधिवक्ता राजाराज घिमिरेले पूर्वसभामुख ढुंगाना विरुद्ध अवहेलना रिट दर्ता गरेका थिए । ढुंगाना भन्छन्, ‘निवेदकले सञ्चार माध्यममा आएका समाचारलाई आधार बनाएको रहेछ भने त्यो समाचारमा मेरो भनाइ जस्ताकोतस्तै उल्लेख भएको छ कि छैन त्यो पनि हेर्छु ।’

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि अवहेलना मुद्दामा आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?