
१५ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक देखिएको छ ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकबाहेक अरु बैंकले नाफाको विवरण सार्वजनिक गरेका छन् ।
जसमा ग्लोबल आईएमई बैंक २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ नाफा कमाउँदै पहिलो बनेको हो । ग्लोबल आइएमई बैंक तत्कालिन दुई ठूला वाणिज्य बैंकहरु (ग्लोबल आइएमई र जनता बैंक नेपाल) गाभिएर बनेको बैंक हो ।
बैंकहरुको तथ्यांक हेर्दा मूनाफामा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको मूनाफामा संकुचन आएको हो ।
२६ वाणिज्य बैंकको सार्वजनिक वित्तीय विवरण अनुसार समग्रमा ६७ करोड ७७ लाख ८७ हजार रुपैयाँले मुनाफा घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् ।
अध्यक्ष दाहालले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ वाणिज्य बैंकहरु (राष्ट्रिय वाणिज्य बैंकबाहेक) को मुनाफा २९ अर्ब ३२ करोड ४३ लाख ७२ हजार रुपैयाँमात्रै देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भने बैंकहरुले ३० अर्ब २१ लाख ५९ हजार रुपैयाँ मूनाफा आर्जन गरेका थिए ।
हेर्नुस् कुन बैंकले कति नाफा कमाए ?
प्रतिक्रिया 4