+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १५:२३

१८ माघ, काठमाडौं । जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एकजना युवक परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका छन् ।

सोही ठाउँमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका छोपेर जबरजस्ती करणी गरेको उजुरी परेपछि विकासलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।

प्रहरी नायव उपरीक्षक गिरीका अनुसार सामान्य चिनजान भएका विकासले डर धाक धम्की दिई बोल्न कराउन नदिई माघ १० गते दिउँसो ३ बजेको समयमा आफूलाई जबरजस्ती करणी गरेर फरार भएको किटानी जाहेरी प्रहरी समक्ष किशोरीले दिएकी थिइन् । सोही आधारमा १६ माघमा उनलाई पक्राउ गरिएको गिरीले बताए ।

गिरीका अनुसार जिल्ला अदालत भक्तपुरमा आइतबार उनलाई पेस गरी म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?