+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीको निर्णय फिर्ता लिन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १२:५१
फाइल तस्वीर

२२ माघ, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले २०७१ देखि लागू वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

नेफेजले एक प्रेस विज्ञप्ति जारी गदै सो निर्णय तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘नेफेजले यो निर्णयअघि नै कार्यविधि वा पद्धति आफैंमा खराब हुँदैन, कार्यान्वयनमा केही जटिलता हुन सक्छन् र छन्, र तीनको समाधान त्यहीँबाट निकाल्नुपर्छ तर खारेज गर्नु हुँदैन भनेर आफ्नो धारणा सार्वजनिक गरेको थियो ।’

सरकारले वातावरण संरक्षण र दीगो विकासका क्षेत्रमा पटकपटक दोहोरो चरित्र प्रर्दशन गर्दै आएको पनि नेफेजले जनाएको छ ।

वायु प्रदूषण नियन्त्रणका लागि विद्यूतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र योजना बनाएर राजनीतिक प्रतिवद्धता जनाउने तर यस्ता साधनमा लाग्ने भन्सार र अन्तःशुल्क बढाउने, वनजन्य उद्योग प्रर्वद्धन गरेर रोजगार सिर्जना गर्ने नीति लिने तर वनको वैज्ञानिक व्यवस्थापनविरुद्धको निर्णय गर्ने जस्ता सरकारी निर्णयले वातावरण र प्राकृतिक सम्पदा संरक्षण तथा दीगो उपयोगमा सरकार अनुदार भइरहेको पुष्टि हुने नेफेजको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?