
२३ माघ, सप्तरी । सप्तरीमा जाडो छल्न आगो तापिरहेकी एकजना वृद्धाको जलेर मृत्यु भएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडानम्बर २ हर्दिया निवासी ७५ वर्षीया कमलीदेवी पासवानको घुरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति आफ्नै घरमा आगो तापिरहेकी पासवानले लगाएको सारीमा आगो सल्किँदा उनको शरीरमा आगो लागेको थियो ।
आगो लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लहान लगिए पनि शुक्रबार बिहान मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4