२६ माघ, काठमाडौं । क्रोनटोनलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ ।
ज्लाटन इब्राहिमोभिच र एन्टे रेबिकको दुई दुई गोल मद्दतमा एसी मिलानले क्रोनटोनलाई ४-० ले सहजै पराजित गरेको हो ।
घरेलु मैदानमा इब्राहिमोभिचले खेलको ३०औं र ६४औं मिनटमा गोल गरे । रेबिकले ६९औं र ७०औं मिनेटमा गोल गरे ।
जितपछि २१ खेलबाट ४९ अंक जोड्दै मिलान शीर्ष स्थानमा उक्लेको हो । समान खेलबाट ४७ अंकसहित इन्टर दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4