+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
११६ बलमा १४० रन आवश्यक
विराटनगर किंग्स 2025
8/0 (0.4)
Shares

वर्षाको प्रश्न–‘के निर्मला र संझना जस्तै भागरथीले पनि न्याय पाउँदिनन् त ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते ११:४५

नायिका वर्षा सिवाकोटीले नारीलाई भगवान् मानेर पुज्ने देशमा किन नारी नै सुरक्षित छैनन् भनेर प्रश्न उठाएकी छिन् । वैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला सिंगो देश नै स्तब्ध छ । नायिका सिवाकोटीले निर्मला र संझना जसतै भागरथीले पनि न्याय नपाउने नै हुन् त भनेर प्रश्न पनि गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कमजोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधीको पहिचान गरी सजायँ दिन नसक्ने ? के गरिबका लागि न्याय महंगो भैसक्यो ?’

नायिका सिवाकोटीले विभिन्न राजनीतिक दलले गर्ने जुलुस तथा सभामा न्यायको खोजी हुने हो भने अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि भनेर पनि प्रश्न उठाएकी छिन् । उनी अगाडि लेख्छिन्–‘हाम्रो माग के हुनुपर्ने हो ? नारा के हुनुपर्ने हो ? आफै विचार गरौं । अपराधीको मनोबल अझै बलियो बन्दै छ । पीडित अझै पीडामै छन् । जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भैसक्यो । देश झन् झन् अस्थिरतातर्फ जाँदैछ । कुर्सीको लडाई छाड, सत्यको लागि लड, जीत तिम्रै हुनेछ ।’

उनले, न्याय दिनका लागि ढिला नहोस् भनेर सरकारलाई सचेत गराएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?