+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नाकाबन्दी सामना गर्नुपर्ने स्थिति अन्त्य भयो : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १४:३२

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको यातायात र पारवहन सम्झौतापछि भविष्यमा नेपालले नाकाबन्दी जस्तो अमानवीय अवस्था सामना गर्नुपर्ने स्थिति अन्त्य भएको बताएका छन् ।

आफ्नो सरकारले तीन वर्षमा प्राप्त गरेका उपलब्धी जानकारी गराउन सोमबार आयोजना गरिएको प्रेस बिफ्रिङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनँगको सम्झौतापछि नेपाल भूपरिवेष्ठितबाट भूजडित मुलुकमा फेरिएको बताए । ‘चीनसँगको यातायात पारवहन सम्झौतापछि नेपालको अवस्था भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रुपमा फेरिएको छ । यसले भविष्यमा नेपालले नाकाबन्दी जस्तो अमानवीय अवस्था सामना गर्नुपर्ने स्थितिलाई अन्त्य गरिदिएको छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अन्य क्षेत्रमाझैं आफ्नो सरकारले परराष्ट्र नीति सञ्चालनमा पनि उपलब्धी हासिल गरेको दावी गरे ।

आफ्नो भूमिका, पहिचान, परिचय र प्रभाव विस्तार गरेकै कारण आफू प्रधानमन्त्री भएको ३ बर्ष अवधिमा नेपाल अन्तर्राष्ट्रिय क्षेत्र र संघ/संस्थामा देखिने, सुनिने, बोलाइने र पत्याइने मुलुकको रूपमा स्थापित भएको दावी ओलीले गरे ।

प्रधानमन्त्रीले ३ वर्षको अवधिमा थप १२ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना भई नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १६८ पुगेको उल्लेख गरेका छन् । त्यसैगरी थप १५ मुलुकसँग द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको पनि उनले सुनाए ।

संयुक्त राष्ट्रसंघको महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्धको समिति (सिड) र मानव अधिकार परिषदमा नेपाल दोस्रो पटक निर्वाचित भएको विषयलाई प्रधानमन्त्री ओलीले अर्काे उपलब्धीको रुपमा प्रस्तुत गरेका छन् । यसबाहेक तीन वर्षमा आफूले विभिन्न मुलुकको गरेको भ्रमण र विदेशी पाहुनाको नेपाल भ्रमणलाई पनि सरकारको सफलताको रुपमा चित्रित गरेका छन् ।

उनले भने, ‘गतबर्ष पनि मैले केही महत्वपूर्ण भ्रमणलाई यस सन्दर्भमा उल्लेख गरेको थिएँ । नेपालको प्रधानमन्त्रीको बेलायत र फ्रान्सको औपचारिक भ्रमण दुई दशकपछि भयो । हाम्रो परराष्ट्र मन्त्रीको अमेरिकाको औपचारिक भ्रमण १७ वर्षपछि र रुसको भ्रमण १४ वर्षपछि भयो ।’

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि भएको, भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा ४ पटक नेपाल भ्रमण भएको पनि उल्लेख गरेका छन् ।

ओलीले अन्तर्राष्ट्रिय मञ्चहरुमध्ये पहिले नेपालको उपस्थिति एसिया सोसाइटीमा मात्रै सीमित हुने गरेकोमा अहिले यसका अतिरिक्त डावोस फोरम, अक्सफोर्ड युनिभर्सिटी, होची मिन्ह युनिभर्सिटी, राष्ट्रसंघीय शान्ति विश्वविद्यालयजस्ता विश्व प्रसिद्ध फोरमहरुमा विचार प्रस्तुत गर्ने मौका पाएको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?