
४ फागुन, काठमाडौं । आज श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो छ ।
आजको दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन भएकोले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षाराम्भ गरेका छन् ।
आजको दिन बालबालिका मात्र नभएर निरक्षर जुनसुकै उमेर समूहका व्यक्तिले मन्दिर पुगेर पढ्न् र लेख्न सुरु गर्ने गर्छन् । स्वयम्भूमा पनि बालबालिका मात्र नभई ज्येष्ठ नागरिक पनि अक्षाराम्भ गरिरहेका छन्।
यसदिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने प्रचलन पनि छ ।
हेरौं स्वयम्भुमा अक्षाराम्भका तस्वीर –
सबै तस्वीर : चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4