+
+

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले गरे वसन्त श्रवण 

आर्यन धिमाल आर्यन धिमाल
२०७७ फागुन ४ गते १३:३०

४ फागुन, काठमाडौं । आज वसन्त पञ्चमी एवं सरस्वती पूजा । देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरी धुमधामका साथ मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतु सुरु हुने विश्वास रहेकोले पनि यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ ।

यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका थिए ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुख एवं विभिन्न उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा हुने वसन्त श्रवण कार्यक्रम यो वर्ष १०ः१७ बजे हनुमानढोका स्थित नासल चोकमा आयोजना गरिएको थियो । वसन्त श्रवणको शुभ साइत पञ्चाङ्ग निर्णायक समितिले जुराउने गर्छ ।

वसन्त पञ्चमीलाई वैदिक कालमा नै कामदेव र रतिको पूजा गरेर मनाउने गरिएको थियो । वसन्त र कामदेवलाई साथीसाथी मान्ने गर्छन् । त्यसैले पुराणमा उल्लेखित कामदेव र वसन्तको मित्रताको कथालाई श्रवण गर्ने गरिन्छ ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?