+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कलेज जीवनलाई कसरी बनाउने स्मरणिय ?

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते ११:२८

कोरोना महामारीपछि अहिले धेरै कलेजहरू खुल्न थालिसकेका छन् । नयाँ सेमेस्टरमा भर्ना हुन चाहने विद्यार्थीहरूको लागि यो वर्ष अरू समयभन्दा महत्वपूर्ण हुनेवाला छ । नयाँ सेमेस्टरमा प्रवेश लिने विद्यार्थीहरूले कलेजको वातावरण अनुकूलको नियममा आबद्ध पनि हुनुपर्छ । कलेज जीवनले हामीमा नयाँ किसिमको साहस र स्वतन्त्रता दिने गर्छ । यस समयमा हुने कुनै नराम्रो सुरुवातले जीवनभरि नै यादहरू भरिराख्न पनि मद्दत गर्छ ।  कलेज जीवनका केही परिघटनाहरूलाई ख्याल गर्दा तपाईंको विगतलाई सधैंको लागि अविस्मरणीय बनाउन मद्दत गर्नेगर्छ ।

१. सुरुवातको हरेक कक्षामा जानुहोस्

तपाईंको पृष्ठभूमि कस्तो हो रु भन्ने कुराले तपाईंलाई फरक पार्दैन । नयाँ प्रवेशीहरूले कलेजमा कक्षाको तालिका प्रिन्ट गर्न भुल्नु हुन्न । कलेज जीवनले तपाईंलाई नयाँ कुरा सिक्नुपर्छ र नियमित रुपमा अगाडि बढ्नुपर्छ भन्ने कुरा सिकउँछ । त्यसैले प्रारम्भिक दिनहरूका सबै कक्षामा सामेल हुने कोसिस गर्नुपर्छ । किनकि कलेजको प्रारम्भिक कक्षा तपाईंको लागि धेरै महत्त्वपूर्ण हुन्छ।

२. हुँदैन भन्न सिक्नुहोस्

यदि तपाईं नयाँ सेमेस्टरमा भर्ना हुँदै हुनुहुन्छ भने तपाईंले शिक्षाको साथ धेरै कुरा सिक्न बाँकी छ। त्यहाँ धेरै त्यस्ता केसहरू हुन्छन् जुन तपाईंको युवा दिमागका लागि महत्वपूर्ण हुन्छ। तर तपाईंलाई सिक्ने ज्ञानबाट टाढा लैजान्छ । त्यस्ता गतिविधिलाई समयमा नै ध्यान दिनुहोस् गलत संगत छाड्नुहोस् । कलेजमा साथीहरू र अन्य गैर(शैक्षिक गतिविधिहरू जस्ता व्याकुलताबाट टाढा जान पनि यो उमेरमा सजिलो छैन। त्यसैले साथीहरूले गरेको अनुचित प्रस्तावलाई हुँदैन भन्न सक्ने हुनुपर्छ ।

३‍. राम्रो र सच्चा साथी बनाउनुहोस्

कलेज समयका साथीहरूको विशेष महत्त्व हुन्छ, तिनीहरू केवल तपाईंको पढाइका सारथि मात्रै होइनन् । उनीहरूले तपाईंलाई चाहिने नोटमा सहयोग मात्रै गर्दैनन्, तपाईंलाई कलेजमा पर्ने हरेक समस्यामा मद्दत गर्न तिनै साथीहरू आवश्यक पर्छ । साथीहरू तपाईंको कक्षाका हुन् या बाहिरका नै किन नहुन् । जब तपाईं अरूलाई आफ्नो परिचय दिनुहुन्छ, ती साथीहरूसँग राम्ररी कुराकानी गर्नुहोस् । समय समयमा उनीहरूसँग घुम्न जाने गर्नुपर्छ । जो असल र आफूलाई आवश्यक परेको बेलामा सहयोग दिने खालका साथीहरू हुन्छन् । उनीहरूको सर्कल बनाएर पनि उनीहरूसँग सेंगत बढाउन सकिन्छ ।

तपाईंको परिवारले तपाईंलाई कलेजमा सपना साकार बनाउन पठाएका हुन् । तपाईंको ध्यान अध्ययनमा केन्द्रित गर्नुहोस् र अनावश्यक कार्यदेखि टाढा रहने प्रयास गर्नुहोस् । तपाईंको लागि आवश्यक चीजहरू जस्तै किताब, खाना र भाँडाको लागि र बाँकी बचत गर्नको लागि तपाईंलाई के चाहिन्छ भनेर निर्धारण गर्नुहोस् । तपाईंलाई कहिले थाहा हुँदैन कहिले तपाईंलाई नगद आवश्यक पर्नेछ तर आकस्मिक कोषले तपाईंको बोझ कम गर्नेछ। त्यसैले खर्च व्यवस्थापनको लागि कोष खडा गर्ने गर्नुहोस् ।

४. आपसमा हुने  कुराकानीमा प्रत्येक प्रश्नको उत्तर खोज्नुहोस्

यदि तपाईंसँग मिल्ने साथीहरूको एउटा समूहमा तपाईंले आफ्नो सकारात्मक छवि विकास गर्न सक्नुभयो र आफैँलाई तिनीहरूसामु परिचय गराउनुभयो भने पनि आफूलाई सोध्न मन लागेका प्रश्नहरू छन् भने सोध्न नहिच्किचाउनुहोस् । किनकि कसैसँगको कुराकानीमा जति धेरै जिज्ञासाको उत्तर खोज्यो उति नै मान्छेले अर्को मान्छेलाई चिन्ने गर्छ । आवश्यक पर्यो भने आफ्ना सहयोगीहरूसँग कोही व्यक्तिको बारेमा जान्न सहयोग लिन पनि सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?