+

एन्फाले कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै

२०७७ फागुन  १३ गते १५:४८ २०७७ फागुन १३ गते १५:४८
एन्फाले कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै

१३ फागुन, सुर्खेत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि कर्णाली प्रदेशमा १३ वर्षभन्दा कम उमेरका खेलाडी छनोट गर्ने भएको छ ।

फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्न लागेको कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।

कर्णालीका सुर्खेत र जुम्ला जिल्लामा सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा सहभागी मध्येबाट राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो ।

जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका २६ जना बाल खेलाडी दोस्रो चरणमा परेका छन् । अब तीमध्येबाट राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट हुनेछन् ।

आधारभूत तहदेखि नै फुटबलको विकास गर्न बालखेलाडी छनोट गरिएको महासचिव कार्कीले बताए । वीरेन्द्रनगरस्थित रंगशालामा हुने छनोटमा २०६५ पुस १५ देखि २०६६ पुस १४ को बीचमा जन्मिएकामध्येबाट खेलाडी छनोट हुनेछन् ।

बालबालिकालाई ८ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेतमा पनि करिव ३ वर्षअघिदेखि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।

एन्फा खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय