+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पशुपतिनाथमा बैंक अफ काठमाण्डू लिमिटेडको डिजिटल दान पेटिका

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १५:०८

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल कारोबार विस्तारित गर्नेक्रममा आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलन गर्न क्युआर कोडको सेवा फागुन १४ गते शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रम पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडको संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको शुभारम्भमा सम्माननीय गभर्नर श्री महाप्रसाद अधिकारीज्यूले डिजिटल दान पेटिकाको क्युआर कोड स्क्यान गरी श्री पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी उद्घाटन गरे ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका सम्माननीय गभर्नर महाप्रसाद अधिकारीले अब उपरान्त पशुपतिनाथ भगवानको मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गरे ।

साथै, कार्यक्रमका प्रमुख अतिथि रहेका महाप्रसाद अधिकारीज्युले नगद रहित कारोबारलाई नेपाल राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए ।

साथै, उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?