
१४ फागुन, काठमाडौं । आगामी हप्ता गणेशप्रसाद लाठको नयाँ पुस्तक ‘क्षमादान’ सार्वजनिक हुने भएको छ । पुस्तकको मूल्य रू ४९५ तय गरिएको छ ।
यस कृतिले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ ।व्यावसायिक परिवारको कथावस्तुलाई लेखकले आफ्नो पुस्तकमा सटिक पाराले उजागर गरेका छन् ।
वीरगञ्जमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्यो । लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले गर्ने प्रभावकारी अपीलले निकै प्रभावित बनायो । उनले पुस्तकमा पनि त्यही नाटकीय शैलीलाई अंगालेर राेचक ढंगले प्रस्तुत गरेका छन् । रोमान्टिक सामाजिक विषयवस्तु रुचाउने पाठकका लागि यो पुस्तकले मन जित्नेमा लेखक विश्वस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4