+
+

ब्राउन सुगरसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते १९:३०

२२ फागुन, काठमाडौं । कञ्चनपुरको बेलौरीबाट चार ग्राम ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका-१० स्थित सीमा इलाकाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले चार ग्राम ब्राउन सुगरसहित कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरी र कैलालीको टीकापुर नगरपालिका-३ का २५ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । से ३ प ७५९२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको जनाइएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?