+

एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

२०७७ फागुन  २३ गते ८:०१ २०७७ फागुन २३ गते ८:०१
एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

२३ फागुन, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ओसासुनालाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० ले पराजित गरेको हो । ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र लाएक्स मोरिबाले एक एक गोल गरे । दुवै गोलका लागि कप्तान लिओनल मेसीले सहयोग गरे ।

खेलको ३०औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा मोरिबाले गोल गरे ।

जितपछि बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोड्दै लिडर एट्लेटिकोलाई पछ्याइरहेको छ ।

बार्सिलोनाभन्दा दुई खेल कम खेलेको एट्लेटिकोको ५८ अंक छ ।

ओसासुना २६ खेलबाट २८ अंक सहित १३औं स्थानमा रहेको छ ।

एट्लेटिको मड्रिड बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय