+
+

सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : रामचन्द्र पौडेल   

रासस रासस
२०७७ चैत १ गते १९:५८
फाइल तस्वीर

१ चैत, बेनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन् । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आइतबार जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ ।’ कांग्रेसले आफ्नो सिद्धान्त र एजेण्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा वीपी कोइरालाकै एजेण्डा बोकेर कम्युनिष्टले दुई तिहाइ नजिकको मत ल्याएको नेता पौडेलले जिकिर गरे ।

‘गम्भीर समीक्षा गर्नुपर्छ, हामीले हाम्रो सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौँ र ठीकसँग जनतालाई बुझाउन पनि सकेनौँ, त्यसले हामी गुपचुमा बस्नु हुँदैन्,’ नेता पौडेलले भने । उनले कांग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै किसानको पार्टी र श्रमिकको साथि कांग्रेस नै भएको ठोकुवा गरे ।

कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको नेता पौडेलको भनाइ थियो । ‘कांग्रेसले समयमै ढुलमुल नगरेको भए संघीयसँगै बागमती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो तर त्यो अवसर फुत्कियो,’ नेता पौडेलले भने । कांग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको बताउँदै उनले पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राखे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?