+
+

कसलाई समर्थन गर्ने भन्नेमा जसपा अनिर्णित

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १९:२७
फाइल तस्वीर

२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय टुंगो लगाउन सकेको छैन । ललितपुरस्थित पार्टी मुख्यालयमा सोमबार बसेको पदाधिकारी बैठक पनि विना निष्कर्ष टुंगिएको जसपा वरिष्ठ नेता अशोक राईले जानकारी दिए ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले दिएको समर्थनबारे छलफल भएको थियो । जसपाले संविधान संशोधन र रेशम चौधरी लगायतको रिहाइलाई सरकारमा जाने शर्त बनाएको छ ।

‘हाम्रो माग जसले पूरा गर्छ त्यही पक्षलाई समर्थन गर्ने भनेका छौं,’ वरिष्ठ नेता राईले भने, ‘आधिकारिक निर्णय भने केन्द्रीय कार्यकारिणी समिति बैठकबाटै गर्छौं ।’
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक चैत ५ गते सुरु हुँदैछ । बैठकका लागि सत्ता समीकरण र पार्टी समायोजनको बाँकी काम कसरी टुंग्याउने भन्ने एजेण्डा तय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?