+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १९:४०

२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन् ।

खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानु पर्ने भएकाले खोप लगाएको बताइन् । उनले भनिन्, सबैले लगाईसकेपछि लगाउनुपर्ने भएपनि ठिकै छ भनेर बसेकी थिएँ । मित्रराष्ट्र (बंगलादेश)को भ्रमण गर्नुपर्ने भयो । खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।’

उनले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गरिन् । नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएको भन्दै उनले भनिन्, ‘धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्छु ।’

नेपालमा कोरोना खोप अभियान १४ माघबाट सुरु भएको थियो र आइतबार साँझसम्म अहिलेसम्म १५ लाख ५० हजारले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?