+
+

प्रतिकिलो २० पैसा दस्तुर तिर्नेगरी कालीमाटीको १२ स्टल किसानलाई

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १९:१६
फाइल तस्वीर

४ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानले सिधै आफ्नो उत्पादन ल्याएर सिधै बिक्री गर्न सक्नेगरी बजारको १२ वटा स्टल छुट्याएको छ । केहीदिन अघि बसेको बजार विकास समितिको बैठकबाट किसानले बिक्री गरेको उजपको प्रतिकिलो २० पैसा दस्तुर लिएर ब्यापार गर्न पाउने निर्णय गरेको बजार विकास समितिका अध्यक्ष एवं कृषि मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले जानकारी दिए ।

बजारमा रहेका मध्ये १२ वटा स्टलबाट किसानले आफ्नो उत्पादन सिधै बिक्री गर्न सक्ने व्यवस्था कार्यन्वयनमा ल्याइएको डा. घिमिरेले बताए । ‘देशैभरका किसान आफ्नो उत्पादन लिएर अब कालीमाटी आउन सक्छन् । पहिले आउनेले पहिले ब्यापार गर्न पाउने गरी हाललाई १२ वटा स्टल किसानलाई छुट्याइएको छ,’ अध्यक्ष घिमिरेले भने । किसानले आफ्ना् उत्पादन लिएर बजार आउँदा बिक्री गर्ने ठाउँ नपाएको, ब्यापारीहरुले हतोत्साहीत गरेर वस्तु बिक्री गर्न नदिएको भन्ने जस्ता गुनासो सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको उनको भनाई छ ।

आफ्नो खेत बारीमा फलेको कृषि उपज बिचौलीय तथा अन्य कुनै पनि कारणले बिक्री नभएको भए सिधै बजारमा लिएर आउन पनि समितिले किसानलाई आग्रह गरेको छ । किसानका लागि यो सुरुआत मात्रै भएको र कालीमाटी बजारमा कसरी वस्तुको ब्यापार हुन्छ भन्ने किसानलाई सिकाउन यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ । बजारमा रहेका पाँच सय बढी स्टलहरु मध्येबाट हाललाई १२ वटा छानिए पनि बिस्तारै किसानका लागि बजारमा पहुँच सहज बनाउँदै लैजानले समितिको दाबी छ ।

बजारमा पहिले आउने किसानले पहिले ब्यापार गर्न पाउने गरी व्यवस्था गरिएको भन्दै समितिले अलमलमा परे किसानले बजार विकास समितका कर्मचारी, आफ्नो स्थानीय तहको कृषि कार्यालय तथा कृषि सूचना केन्द्रको पैसा नलाग्ने सम्पर्क नम्बरबाट जानकारी लिन सकिने कृषि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?