
१५ चैत, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेशको ब्राहमणबरिया भ्रमणपछि पनि हिंसा प्रदर्शन भएको छ । ब्राहमणबरियाका स्थानीयका अस्पतालका अनुसार आइतबार पनि त्यहाँ प्रदशर्नमा दुईजनाको मृत्यु भएको छ ।
बंगलादेशमा पछिल्लो तीनदिनदेखि जारी हिंसात्मक विरोध प्रदर्शनमा कम्तिमा १२ जनाको मृत्यु भइसकेको छ । ब्राह्मणबरिया सदर अस्पतालका चिकित्सक शौकत हुसेनले भनेका छन्, ‘हडतालको दौरानमा भएको झडपमा घाइते भएका दुईजनाको अस्पताल ल्याएपछि मृत्यु भएको छ।’
यस्तै स्थानीय संवाददाताले कट्टरपन्थी इस्लामी संगठन ‘हिफाजत-ए-इस्लाम’को समर्थक तथा सुरक्षाफौजबीच झडप भएको बीबीसीले उल्लेख गरेको छ । उक्त झडपमा कैयौ मानिसहरु घाइते भएका छन् । मोदीको बंगलादेश भ्रमणको यात्राविरुद्ध प्रदर्शनपछि ‘हिफ़ाज़त-ए-इस्लाम’ले आइतबार हडताल आह्वान गरेको थियो ।
यस्तै हडतालका समर्थकहरुले विभिन्न सरकारी प्रतिष्ठानमाथि तोडफोड गरेका थिए भने भूमि कार्यालय, सार्वजनिक पुस्तकालय तथा जिल्ला शिल्पकला एकेडेमीसहित निजी भवनमा आगो लगाएका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार हिफाजत-ए-इस्लाम’का समर्थकले पूर्वी बंगलादेशको हिन्दु मंदिर तथा ट्रेनमाथि पनि आक्रमण गरेका छन् । आक्रमणपछि ब्राह्मणबारिया आउने -जाने रेललाई निलम्बित गरिएको छ ।
बंगलादेशमा सबैभन्दा धेरै हिंसा ब्राह्मणबारिया तथा चटगाउँको हाटहजारीमा भएको छ । ब्राह्मणबारियामा शनिबार प्रहरी र सुरक्षाबलसँगै गरिएको प्रदर्शनमा पाँचजना प्रदर्शनकारीको मारिएका छन् । तर बिबीसीका स्थानीय पत्रकारले भने छैठौ व्यक्तिको मृत्यु आइतबार भएको बताएका छन् ।
बंगलादेशको ५०औ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदी शुक्रबार ढाकाको भ्रमणमा पुगेका थिए। त्यहा केही इस्लामी संगठन उनको भ्रमणलाई लिएर विरोध गरेका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4