+
+

शुक्लाफाँटामा पाटे बाघको मृत्यु   

रासस रासस
२०७७ चैत १७ गते १८:०७
फाइल तस्वीर

१७ चैत, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज प्रशासनमा खबर गरे,’ सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘राति घाइते बाघको मृत्यु भयो ।’ मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ ।

‘शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ,’ उनले भने, ‘अहिले हामी अनुसन्धान गर्दैछौं ।’ उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताए । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?