+

नयाँ वर्षमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ प्रतियोगिता हुने

२०७७ चैत  २९ गते १९:५४ २०७७ चैत २९ गते १९:५४
नयाँ वर्षमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ प्रतियोगिता हुने

२९ चैत, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सूर्यचौरमा वैशाख १ गते रेस्लिङ प्रतियोगिता हुने भएको छ । आइतबार सूर्यचौरमा पत्रकार सम्मेलन गर्दै नेपाल रिङ रेस्लिङ प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

आरडब्लु समर स्लाइम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपाल रिङ रेस्लिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो ।

नयाँ वर्षको दिन दिउँसो २ बजेदेखि शुरु हुने भिडन्तमा हेभी वेटअन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिड्ने छन् । त्यस्तै लाइट हेभीतर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन् । महिलातर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोरतर्फ द युब र थागु भिड्नेछन् । प्रतियोगितामा विकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् ।

प्रतियोगितामा १६ खेलाडीहरुले ५ वटा समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लाइट वेट तौल समूहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले १० हजार, लाइट हेभी वेटको विजेताले १२ हजार, हार्डकोरका विजेताले १५ हजार र हेभी वेट विजेताले नगद २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

रेस्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय